Incident Reports

मतदातालाई कुटपिट गरेको आरोपमा उम्मेदवारलाई गाउँलेले लखेटे

2017-11-21

Karnali, Jajarkot, Chhedagad, Ward 12

बाजा बजाएको आरोपमा दलितमाथि कुटपिट गरेको भन्दै छेडागाड नपा-१२ र १३ का मतदाताले नेपाली काङग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजिवविक्रम शाह, प्रदेश सभा सदस्य जाजरकोट २ का उम्मेदवार दिपकजङ्ग शाह तथा उनीहरूको प्रचारप्रसारका लागि खटिएका कार्यकर्ताको टोलीलाई मङ्सिर ५ गते लखटेको स्थानीयबासीले बताएका छन् । वाम गठबन्धनको कार्यक्रममा बाजा बजाएको आरोपमा घरभित्रै गएर कुटपिट गर्ने कार्यकर्ता तथा उनका उम्मेदवारलाई स्थानीयले गाउँबाट कुनै कार्यक्रम गर्न नदिएर नाराबाजी गर्दै लखेटेको स्थानीय वीरेन्द्र रोकायले बताए । दलितमाथि कुटपिट गर्ने काङ्ग्रेस उम्मेदवार र कार्यकर्तालाई गाउँ प्रवेश गर्न नदिने स्थानीयबासीले बताएका छन् । गत कात्तिक ३० गते वाम गठबन्धनको कार्यक्रममा छेडागाड नपा-१२ कले दमाईको टोलीले बाजा बजाएको थियो । उक्त कार्यक्रममा बाजा बजाएको भन्दै काङ्ग्रेसका कार्यकर्ताले मङ्सिर १ गते घरमा गएर कले दमाई, पृथी दमाई र मन्दरी दमाईलाई कुटपिट गरेको पीडित पक्षको आरोप छ । आक्रोशित स्थानीयबासीले काङ्ग्रेसको चुनावी स्थलमा विरोधसमेत गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
INSEC

0 Comments

Related Reports