Incident Reports

No translation available.

2013-07-05

Sur Bahadur Pariyar कैलाली । ०७० असार २१ गते दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा श्रीपुर गाविस-३ लालपुरका २६ वर्षीया धनबहादुर बोगटीलाई जिल्ला प्रहरी कार्यालय, कैलालीले असार २१ गते गिरफ्तार गरेको छ । पीडित भनिएकी बालिका असार २१ गते घर नजिकैको जङ्गलमा भैँसी चराउन गएको अवस्थामा जङ्गलमा नियन्त्रणमा लिई बलात्कार गरी टाउको ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएको अवस्थामा प्रहरीले पीडित पक्षले असार २१ गते उद्दार गरेपछि प्रहरीलाई खबर गरेका थिए । पीडित बालिका घर नर्फकेपछि पीडित पक्षले खोजी कार्य गरेका थिए । पीडित बालिकालाई जङ्गलमा भैँसी चराइरहेको अवस्था नियन्त्रणमा लिई बलात्कार गरी टाउको ढुङ्गामा प्रहार गरेको प्रहरीमा बयान दिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण सेती अञ्चल अस्पताल धनगढीमा भएको थियो । पीडित बालिकाको स्वास्थ्य अवस्था गम्भीर भएकोले थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज रिफर गरेको छ । पीडितको आर्थिक अवस्था एकदमै नाजुक रहेको छ । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis