Incident Reports

Haruwa-Charuwa staged protest in Rajbiraj

2017-11-22

Madhes, Saptari, Rajbiraj

Women and elderly citizen from different villages in Rajbiraj has staged a protest demonstration on November 22 in Rajbiraj for the freedom of Haruwa Charuwa(bonded labor). They demanded to form a Haruwa-Charuwa commission, to issue identity cards for them and put forward various other demands. They went around the city and converted into corner assembly at the premises of Shiva Temple. गाउँ-गाउँबाट हलो, कोदालोसहित सदरमुकाम आएका महिला, बृद्धबृद्धा हरूवा-चरूवाहरूले हरूवा चरूवा मुक्तिको माग गर्दै मङ्सिर ६ गते राजविराजमा प्रदर्शन गरेका छन् । हरूवा चरूवाहरूले ‘हरूवा-चरूवा आयोग गठन गर, हरूवा-चरूवाको ऋण मिन्हा गर, हरूवा-चरूवाको परिचय पत्र लागु गर, हरूवा-चरूवाको घर, जग्गा, रोजगारीको सुनिश्चित गर’ भन्ने नाराहरू लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरे । राजविराज नपा-१ स्थित रंगशालाबाट सुरू भएको हरूवा-चरूवाहरूको जुलुसले नगरको विभिन्न भागको परिक्रमा गर्दै शिव मन्दिर प्राङ्गणमा कोणसभा गरेको छ । कोणसभामा धनमाया बिक, दयावती सरदार, फतमा खातुन, सुमित्रादेवी खंग, सकलदेव सदा, आशादेवी रजक, राजु मुखिया, बिनादेवी सरदार, भुटनीदेवी राम, सुदामा पण्डितलगायतकाले मन्तव्य राखे । उनीहरूले एकपटक सुरक्षित बास र परिवार सङ्ख्याको आधारमा उब्जाउ जमीन दिनुपर्ने, हरूवा चरूवा बस्तीमा खानेपानी, स्वास्थ्य, शिक्षा, शिपमूलक तालिम र रोजगारी दिनुपर्ने, लघु उद्यमका लागि अनुदानको व्यवस्था हुनुपर्ने, छोराछोरीलाई स्नातकसम्म छात्रवृत्तिसहित अनिवार्य शिक्षा दिनुपर्ने लगायतका ११ सूत्रीय माग गरे । सप्तरी, सुनसरी, सिरहा, धनुषा, महोत्तरी, सेलाही, रौतहट, बारा, पर्साबाट कूल ९७ हजार हरूवा-चरूवा रहेको तथ्याङ्क अन्तर्राष्ट्रिय श्रमिक सङ्गठन (आईएलओ) को सन् २०११ को प्रतिवेदनमा उल्लेख रहेको हुर्क नेपालका अध्यक्ष पार्थो सरकारले जानकारी दिए । उनका अनुसार सप्तरीमा मात्रै १८ हजार ३ सय ६१ जना हरूवा-चरूवा रहेका छन् । वर्षौँदेखि आन्दोलन गर्दै आएपनि समस्या समाधान नभएकाले गाउँगाउँमा हरूवाचरूवा अधिकार मञ्च गठन गरेको बताउँदै तपेश्वरी कल्याण सङ्घका प्रदिप जोशीले राज्यले अल्पकालिन र दिर्घकालिन योजनाका साथ समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Secondary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments