Incident Reports

पाँचथरमा फेरि बम

2017-11-23

Province 1, Panchthar, Miklajung

पाँचथर र इलामको सीमाना इम्रिङ भन्ने ठाँउमा बम भेटिएको छ । पाँचथरको मिक्लाजुङ र इलामको फाकफोक थुम भन्ने गाँउपालिकाको सीमानाको राँके–रवि खण्डमा बम भेटिएको हो । बम भेटिएको खबर स्थानीयले सुरक्षाकर्मीलाई गरेपछि प्रहरी टोली घटना स्थलमा पुगेको छ । सप्तमी बजार नजिकै रहेका इम्रिङ भन्ने ठाँउमा बम भेटिएको नेपाली सेनाको भैरवी गण दल फिदिमका गणपति शिवराज पन्तले नागरिकन्युजलाई जानकारी दिए । पन्तका अनुसार तुमेवा गाँउपालिकाको मौवा बजारमा राखिएको अस्थायी क्याप्पबाट बम विष्पोजर टोली घटना स्थलमा आउँदैछ । करिव तीन घण्टाको टाढाको दूरीमा रहेको सेनाको टोली घटनास्थल आइपुग्न लागेको बताइएको छ । बम विस्पोज गरेपछिमात्र कस्तो बम भन्ने खुल्ने बताइएको छ । केही दिनअघि मेची राजमार्गको चतुरे बजारमा बम भेटिएको थियो । त्यसको एक साता अघि फिदिम बजारमा बम भेटिएको थियो । सुरक्षा सतकर्ता अपनाइए पनि बम राख्ने क्रम रोकिएको छैन । निर्वाचन हुने दिन नजिकिँदै गर्दा सुरक्षा चुनौती बढ्दै गएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Police website

0 Comments

Related Reports