Incident Reports

दबाबका कारण बालात्कारसम्बन्धी उजुरीमा मिलापत्र l

2013-07-04

Shiva Prasad Dhungana ओखलढुङ्गा । ०७० असार २१ गते जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको एक बलात्कारसम्बन्धी उजुरीमा असार २० गते गाउँलेको दबाबमा मिलापत्र गराएको छ । पीडितले आरोपितमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेकोमा गाउँलेले दबाब दिएपछि पीडित र आरोपितबीच मिलापत्र भएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख सत्यदेवी अधिकारीले बताइन् । पीडितले कुन्तादेवी गाविस-९ का २७ वर्षीय हेमबहादुर विकले आफूलाई प्रलोभनमा पारेर बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा असार १५ गते उजुरी दिएकी थिइन् । गाउँलेको दवाबमा आरोपितले पीडितलाई १ लाख ६० हजार रुपियाँ क्षतिपूर्ति दिएपछि पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी फिर्ता लिएको महिला अधिकारकर्मीले गुनासो गरेका छन् । गाउँमा मिल्ने भनेर आरोपितसहित पीडित प्रहरीमा उपस्थित भएपछि उजुरी महिला तथा बालबालिका कार्यालय रोहबरमा बसेर मिलापत्र गरिएको स्थानीय हेमकुमारी तामाङले बताइन् । प्रहरीले जवरजस्तीकरणीसम्बन्धी उजुरी मिलापत्र गर्न सहजीकरण गरेको थियो । मिलापत्र गरेको विषयमा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भगीरथ रेग्मीले आफूहरुले मिलापत्र गरेको नभइ पीडितले उजुरी फिर्ता लिएको बताए । दुवै पक्ष मिल्न सहमत भएकाले महिला तथा बालबालिका कार्यालयको रोहबरमा घटना मिलेको उनले बताए । शिवप्रसाद ढुंगाना

0 Comments

Related Reports
Related Trend Analysis