Incident Reports

नेपाली कांग्रेसका कायकर्तामा माथि सांघातिक आक्रमण

2017-11-24

Bagmati, Dhading, Nilakantha, Ward 14

घरमा सुतीरहेका धुवाँकोट गाउँ कमिटीका सभापति एवं नेपाली कांग्रेसका नेता सन्तोष बस्ताकोटीलाई आफ्नै वडाका निर्वाचित वडा प्रमुखसहितको टोलीले खुकुरी प्रहार गरि सख्त घाईते तुल्याएका छन् । नीलकण्ठ नगरपालिक–१४ धुवाँकोट निवासी २६ वर्षीय बस्ताकोटीलाई वडाप्रमुख रोशन तामाङ्गसहितको ९ जनाको समूहले शुक्रबार बिहान पौने ६ बजे घरमै सुतेको बेला खुकुरी लगायतका हतियार प्रयोग गरी आक्रमण गरेको आरोप परिवारजनले लगाएका छन् । सख्त घाइते बस्ताकोटीको टाउकोको दायाँ भाग र दुवै खुट्टामा गहिरो घाउ लागेका छन् । घाइते बस्ताकोटीलाई हेलिकप्टरबाट उपचारका लागी वीर अस्पतालको ट्रमा सेन्टर पठाइएको नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रमेश धमलाले बताए । आक्रमणकारीहरुले बिहीबार साँझ देखि नै पिछा गर्दै आए पनि अन्य कार्यकर्ताहरु साथमा भएकोले आक्रमण नगरी घरमा एक्लै भएको मौका पारेर आक्रमण गरेको नेपाली कांग्रेसका क्षेत्रिय सभापति देवी कोइरालाले बताए । आक्रमणमा संलग्न भनिएका निर्वाचित वडा प्रमुख रोशन तामाङ्गसहित नेत्र नेपाल, दिपेन्द्र वस्ती, कमल अधिकारी सहितको समूहलाई प्रहरीले खोजतलाश गरिरहेको छ । सोही वडा निवासी नेकपा एमालेका निर्वाचन क्षेत्रनं २ का प्रदेश १ का उम्मेदवार रामकुमार अधिकारीले प्रयोग गर्ने जिवन मगरको गाडी प्रयोग गरी आएका आक्रमणकारीहरुको प्रहरीले खोजतलास गरिरहेको छ । घटना बारे बुझ्न घटनास्थल नजिकै घर भएका प्रदेशसभाका उम्मेदवार रामकुमार अधिकारीसहितको एमाले सम्बद्ध पक्षलाई फोन सम्पर्क हुन सकेको छैन । प्रहरीले बिहीबार घरदैलो गर्न गएको बेला विद्यार्थीलाई बियरको बोत्तलले हानेर घाइते तुल्याएको आरोपमा जिल्ला स्थित युथ फोर्सका उपाध्यक्ष हप्पा भनिने सुर्यबहादुर तामाङ्गसहित सहित ५ जनालाई हिरासतमै राखेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 9
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports