Incident Reports

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा गिरफ्तार

2017-11-23

Province 1, Ilam, Illam

इन्सेक इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले भगवती मावि इलाममा कार्यरत शिक्षक खिनमाया परियारलाई गिरफ्तार गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको दलित आयोग प्रमुख रहेकी खिनमायालाई निर्वाचन विरोधी गतिविधिमा संलग्न भएकाले मङ्सिर ७ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी विपिन कर्मचार्यले जानकारी दिए । नेकपाका कार्यकर्ता डम्बर मगरलाई पनि प्रहरीले मङ्सिर ६ गते राति इलामबाटै गिरफ्तार गरेको छ । मगर युवा सङ्गठन प्रमुख रहेको एसपी कर्मचार्यको भनाई छ । यसअघि मङ्सिर १ गते प्रहरीले अन्य चार जना कार्यकर्तालाई इलामका विभिन्न स्थानबाट गिरफ्तार गरेको थियो । इलाम नगरपालिका-५ बाट ३२ वर्षीया मुना भन्ने बसुन्धरा कार्की, इलाम नगरपालिका-११ बाट २७ वर्षीय सञ्जीव फागो, देउमाई नगरपालिका-८ बाट ६६ वर्षीय मोहन बराल र इलाम नगरपालिका- १ बाट २६ वर्षीय विशाल राईलाई गिरफ्तार गरिएको र उनीमाथि अनुसन्धान भइरहेको एसपी कर्मचार्यले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC , Local Newspaper - Jhapa

0 Comments

Related Reports