A pressure cooker bomb went off near the party office of CPN-UML at Naya Bazar of Pokhara Lekhnath-9 metropolitancity of Kaski. Shutters of buildings around the site of the incident were damaged due to the bomb explosion. Confirming the explosion CDO of Kaski Taranath Adhikari informed that no one were injured in the incident. According to District Police Office Kaski, the bomb went off immediately after being thrown by a group that came in a white vehicle. Police are investigating to find out why and who detonated the bomb.
पोखरा लेखनाथ ९ नयाँ बजार स्थित एमाले पार्टी कार्यालय नजिकै प्रेसर कुकर बम विस्फोट भएको छ। बम विस्फोट हुँदा आसपासका घरहरुको सटर कुच्चिएका छन्। कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले घटनाको पुष्टि गर्दै कुनै मानवीय क्षति नभएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सेतो गाडीमा आएको एक समुहले उक्त विस्फोटक पदार्थ भुईंमा राख्नासाथ पड्किएको थियो। घटना कसले र किन गर्यो भन्नेबारे कुनै जानकारी आएको छैन् । उनीहरुको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।
साँझ ६:४५ बजेतिर घटेको घटनापछि प्रहरीले सुरक्षा व्यवस्था थप कडाई गरेको छ । पोखराका सबै चोकचोकमा प्रहरीले गस्ती बढाएको छ भने सवारी जाँचलाई तीव्रता दिएको छ।