Incident Reports

दुई स्कुले बालिकालाई होटेलमा लगेर रातभर सामूहिक बलात्कार l

2013-07-07

Amrit Giri रुपन्देही । ०७० असार २४ गते देवदह गाविस २ खैरनीका १३ र १४ वर्षीया दुई बालिकामाथि सामूहिक बलात्कार भएको छ । बुटवल नपा ११, इँटाभट्टीस्थित एक होटलमा लगेर तीन युवाले सामूहिक बलात्कार गरेका हुन् । बलात्कार गरेको आरोपमा प्रहरीले रेष्टुरेन्टका सञ्चालक र दुई जना कुकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले पीडितको उजुरीका आधारमा मिलनचोकसस्थत फेवा कटेज रेष्टुरेन्टका सञ्चालक २४ वर्षीय योगेश बञ्जाडे, बुटवल नपा १२ रामनगरमा डेरा गरी बस्ने सोही रेष्टुरेन्टमा कुक २८ वर्षीय अर्जुन थापा र २६ वर्षीय ओमप्रकाश विकले इँटाभट्टीस्थित एक होटलमा लगेर रातभार सामूहिक बलात्कार गरेको पीडित बालिकाहरुले प्रहरीलाई बताएका छन् । पीडित बालिकाहरु देवदहस्थित एक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकाहरु रहेको बताइएको छ । २३ गते दिउँसो बजार घुम्न भन्दै घरबाट निस्केका ती बालिकालाई बुटवलको रामनगरबाट ओमप्रकास विकले ललाईफकाई आफ्नो स्कुटरमा राखेर बुटवलको इट्टाभटीस्थित एक होटलमा पुर्‍याएका थिए । त्यही होटेलमा आफूले काम गर्ने रेष्टुरेन्टका साहु र अर्का साथीलाई बोलाएका थिए । राति करिब ९ बजे रेष्टुरन्टका सञ्चालक बन्जाडे र आफूलाई प्रहरीको सीआईडी बताउदै थापा बालिकाहरु राखिएको होटेलमा पुगेका थिए । उनीहरुले त्यहाँबाट बालिकालाई उठाएर आफ्नै कटेजमा ल्याई रातभर बलात्कार गरेको बताइएको छ । घटनामा संलग्नमध्ये बञ्जाडे र विकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ । अर्का आरोपी थापा फरार रहेको प्रहरीको भनाइ छ । पीडित बालिकाहरुलाई लुम्बिनी अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षण गराइएको प्रहरीले बताएको छ । घटनामा संम्लग्नहरुलाई जबर्जस्ती करणीको महल अर्न्तगत कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरी निरीक्षक सोम थापाले बताए । घटनाबारे प्रहरीलाई जानकारी दिएको भन्दै होटल सञ्चालकका आफन्त भीम भुसालले होटलका अर्का कुक विकास पन्थीलाई कुटपिट गरेपछि प्रहरीले भुसाललाई समेत नियन्त्रणमा लिएको छ । अमृत गिरी

0 Comments

Related Reports
Related Trend Analysis