Incident Reports

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा गिरफ्तार

2017-11-23

इन्सेक काभ्रे जिल्ला प्रतिनिधि भोजराज तिमल्सिनाका अनुसार आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका सात जना कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार गरेको छ । आफूलाई नेत्रविक्रम चन्दको ड्राइभर बताउने तेमाल गाउँपालिका-८ कमेरेका ४१ वर्षीय नमराज परियारलाई मङ्सिर ७ गते प्रहरीले गिरफ्तार गरेको छ । यसैगरी महाभारत गाउँपालिका-२ जोरछाँगाका ३५ वर्षीय आकाश भनिने हुद्धबहादुर वाइवा र नेपाल क्रान्तिकारी शिक्षक सङ्गठन काभ्रेका उपाध्यक्ष पाँचखाल नपा-५ केराघारीका ४३ वर्षीय डालबहादुर मिजारलाई मङ्सिर ६ गते धुलिखेलबाट प्रहरीले गिरफ्तार गरेको छ । मङ्सिर ५ गते नेपाल क्रान्तिकारी शिक्षक संगठन काभ्रेका अध्यक्ष साविक पोखरीचौरी-५ का ४६ वर्षीय भीमसेन गौतमलाई कुत्तालस्थित मण्डलादेवी प्राविबाट र पनौती नपा-४ का ३५ वर्षीय अनिल रायमाझीलाई पनौतीबाट गिरफ्तार गरिएको प्रहरीले जनायो । चौरीदेउराली गाउँपालिका-६ का ४६ वर्षीय डिल्लीप्रसाद दुलाल र नासिकास्थानका ३५ वर्षीय रामकुमार तामाङलाई मङ्सिर ४ गते प्रहरीले घरबाटै गिरफ्तार गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 7
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports