Incident Reports

काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट वाम गठबन्धनका चार जना कार्यकर्ता घाइते

2017-11-25

Bagmati, Dolakha, Tamakoshi, Ward 3

तामाकोशी गाउँपालिका-३ लाँकुरीडाँडामा नेपाली काङ्ग्रेसका कार्यकर्ताले मङ्सिर ९ गते बिहान ढुङ्गा प्रहार गर्दा वाम गठबन्धनका चार जना कार्यकर्ता घाइते भएको पीडित पक्षले आरोप लगाएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा गइरहेको बेला एक्कासी काङ्ग्रेस समर्थकले आक्रमण गर्दा बाम गठबन्धनका चार जना कार्यकर्ता घाइते भएको जनाइएको छ । घाइते हुनेमा तामाकोशी गाउँपालिका-३ का बिकज पोखरेल, अनिश पोखरेल, खतरा रुम्बा र पुन्दरी पोखरेले रहेका छन् । घाइते वाम कार्यकर्ताहरूको उपचार स्थानीय स्तरमै भइरहेको एमाले कार्यकर्ता नविन नेपालीले जानकारी दिएका छन् । घटनास्थलमा सशस्त्र र जनपथ प्रहरीको टोली पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर कार्कीले बताए । मौन अवधिमा प्रचार गर्न नपाइने आचारसंहितामा उल्लेख भएको भएपनि आचारसंहिता विपरीत मतदातालाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth unknown
Total Injured 4
INSEC

0 Comments

Related Reports