Incident Reports

Four injured in a clash between Left Alliance and Nepali Congress

2017-11-25

Karnali, Humla, Kharpunath, Ward 1

At least four cadres from left alliance and Nepali Congress were injured in a clash at Kharpunath Rural Municipality-1 on the night of November 24. The injured were left alliance cadres 30 years old Deep Bahadur Shahi, Nepali Congress cadres 27 years old Man Bahadur Shahi, 45 years old Birjan Shahi and 36 years old Padam Shahi of the same Rural Municipality. During the clash, left alliance cadres were accused of opening fire to congress cadres according to Nepali Congress chairperson Jayapati Rokaya. No one was injured by the bullet fire according to him. The cadres were injured after the stones were pelted on them. They are receiving treatment at Lali Health Post. DSP Kamal Prasad Neupane of DPO said that the major reason behind the clash is the use of alcohol as cadres were in inebriated state. खार्पुनाथ गाउँपालिका-१ मा काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच मङ्सिर ८ गते राति भएको झडपमा दुवै पक्षका गरी चार जना घाइते भएका छन् । घाइते हुनेमा खार्पुनाथ गाउँपालिका-१ का वाम गठबन्धनका कार्यकर्ता ३० वर्षीय दिपबहादुर शाही, सोही ठाउँका नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू २७ वर्षीय मानबहादुर शाही, ४५ वर्षीय विर्जन शाही र ३६ वर्षीय पदम शाही रहेका छन् । वाम गठबन्धनका कार्यकर्ता दिपबहादुर शाहीलाई सोही ठाउँका नेपाली काङ्ग्रेसका कार्यकर्ता मानबहादुर शाहीले मङ्सिर १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मतदान गर्नुपर्छ भनेपछि दुई पक्षबिच झडप भएको दिपबहादुर शाहीकी पत्नी झुपा शाहीले आरोप लगाइन् । झडपमा वाम गठबन्धनका कार्यकर्ताले बन्दुकको गोली प्रहार गरेको काङ्ग्रेसका पार्टी सभापति जयपति रोकायले आरोप लगाए । गोलीबाट कसैलाई चोट नलागेको उनको भनाई छ । ढुङ्गा प्रहारबाट घाइते भएका व्यक्तिहरूको उपचार लाली स्वास्थ्य चौकीमा भइरहेको छ । काङ्ग्रेस कार्यकर्ताले मङ्सिर ८ गते राति मतदातासँग छलफल गरी घर जाने क्रममा बाहिरबाट वाम गठबन्धनका कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि दुवै पक्षका कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यलयका डिएसपी कमलप्रसाद नेपालले बताए । जिल्ला प्रहरी कार्यालयका डिएसपी नेपालका अनुसार “झडप हुनुको मुख्य कारण मदिरा सेवन हो ।” सुरक्षाकर्मी घटनास्थलतर्फ पठाइसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले घटनास्थलमा प्रहरी टोली परिचालन गरेको जनाएपनि मङ्सिर ९ गते दिउँसोसम्म प्रहरी घटनास्थलमा नपुगेको स्थानीयबासीले जानकारी दिए । मौन अवधिमा प्रचार गर्न नपाइने आचारसंहितामा उल्लेख भएको भएपनि आचारसंहिता विपरीत मतदातालाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms , Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 4
INSEC

0 Comments