Incident Reports

काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच झडप, दुवै पक्षका गरी चार जना घाइते

2017-11-25

Karnali, Humla, Kharpunath, Ward 1

खार्पुनाथ गाउँपालिका-१ मा काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच मङ्सिर ८ गते राति भएको झडपमा दुवै पक्षका गरी चार जना घाइते भएका छन् । घाइते हुनेमा खार्पुनाथ गाउँपालिका-१ का वाम गठबन्धनका कार्यकर्ता ३० वर्षीय दिपबहादुर शाही, सोही ठाउँका नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू २७ वर्षीय मानबहादुर शाही, ४५ वर्षीय विर्जन शाही र ३६ वर्षीय पदम शाही रहेका छन् । वाम गठबन्धनका कार्यकर्ता दिपबहादुर शाहीलाई सोही ठाउँका नेपाली काङ्ग्रेसका कार्यकर्ता मानबहादुर शाहीले मङ्सिर १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मतदान गर्नुपर्छ भनेपछि दुई पक्षबिच झडप भएको दिपबहादुर शाहीकी पत्नी झुपा शाहीले आरोप लगाइन् । झडपमा वाम गठबन्धनका कार्यकर्ताले बन्दुकको गोली प्रहार गरेको काङ्ग्रेसका पार्टी सभापति जयपति रोकायले आरोप लगाए । गोलीबाट कसैलाई चोट नलागेको उनको भनाई छ । ढुङ्गा प्रहारबाट घाइते भएका व्यक्तिहरूको उपचार लाली स्वास्थ्य चौकीमा भइरहेको छ । काङ्ग्रेस कार्यकर्ताले मङ्सिर ८ गते राति मतदातासँग छलफल गरी घर जाने क्रममा बाहिरबाट वाम गठबन्धनका कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि दुवै पक्षका कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यलयका डिएसपी कमलप्रसाद नेपालले बताए । जिल्ला प्रहरी कार्यालयका डिएसपी नेपालका अनुसार “झडप हुनुको मुख्य कारण मदिरा सेवन हो ।” सुरक्षाकर्मी घटनास्थलतर्फ पठाइसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले घटनास्थलमा प्रहरी टोली परिचालन गरेको जनाएपनि मङ्सिर ९ गते दिउँसोसम्म प्रहरी घटनास्थलमा नपुगेको स्थानीयबासीले जानकारी दिए । मौन अवधिमा प्रचार गर्न नपाइने आचारसंहितामा उल्लेख भएको भएपनि आचारसंहिता विपरीत मतदातालाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms , Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 4
INSEC

0 Comments

Related Reports