The left alliance cadres have accused democratic alliance cadres of attacking them and capturing booth at Bendi Devi polling center in Khaniyabas Rural Municipality-2.
Local Mangol Tamang said that the polling process has been halted after left alliance cadres accused democratic alliance cadres of beating and capturing poll center. In an attack, left alliance cadre Abhisek Tamang sustained fractured hand.
CDO Shyam Bhandary said that extra security force are being deployed in the area.
खनीयावास गाउँपालिका-२ स्थित बेन्दी देवी मावि मतदान केन्द्रमा मङ्सिर १० गते लोकतान्त्रिक गठबन्धनले बाम गठबन्धनका कार्यकर्तामाथि अक्रमण गरी सो मतदान केन्द्र ‘कब्जा’मा लिएको बाम गठबन्धनको आरोप छ ।
लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताहरूले बाम गठबन्धनका कार्यकर्ताहरूलाई कुटपिट गर्दै मतदान केन्द्र कब्जामा लिएपछि मतदान सुरू हुन नसकेको स्थानीय मङ्गोल तामाङले बताए । आक्रमणमा परी सोही ठाउँका बामगठबन्धनका कार्यकर्ता अभिषेक तामाङको हात भाँचिएको छ ।
सो ठाउँमा मतदान सुरू नभएपछि सशस्त्र प्रहरी टोली हेलिकप्टरबाट पठाउँदै गरेको प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले बताए ।