Police have arrested Mechi bureau in-charge of Communist Party of Nepal and 15 cadres of the party on the charge of being engaged in anti-election activities. They were arrested from different parts of Panchthar on different dates. All the arrested are being held into custody after extending remand for further investigation. Suman aka Santa Kumar Limbu, Mechi bureau in-charge of CPN was arrested on Thursday.
पाँचथर प्रहरीले नेपाल कम्युनिष्ट पार्टी(नेत्रविक्रम चन्द विप्लव) समूहका मेची व्युरो इञ्चार्ज सहित १५जना कार्यकर्ताहरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लव समूहका सुमन भनिने सन्त कुमार लिम्वुलाई विहिवार पक्राउ गरी म्याद थप गरेको वताएको छ । यसैगरी पक्राउ पर्नेमा पाँचथर हिलिहाङ ५ का रामचन्द्र माग्रान्ति र मिक्लाजोङका जितेन्द्र महरा समेत रहेका छन् ।
यस्तै केहि दिन अगाडि नै पाँचथर प्रहरीले फिदिम नगरपालिका १४ कि टिकादेवि राई,इलाम फाकफोकथुम १ का रुपनारायण अधिकारी, फालेलुङ ५ कि तारा राई र मौसम थाम्सुहाङ, फाल्गुनन्द ३ का विशाल राई र इच्छावहादुर राई,संग्राम राई,गोरा भनिने एलिया नेम्वाङ, फाल्गुनन्द ५ कै जितवहादुर चेम्जोङ, हिलिहाङ २ का डिल्लिराम कटुवाल , फिदिम २ का नारायण कार्की र याङवरकका शिशिर पोख्रेल लाई विभिन्न मितिमा पक्राउ गरेको जनाएको छ ।
म्याद थप गरी अनुसन्धान प्रकृया सुरु गरेको जनाएको छ । पक्राउ परेकी टिकादेवि राई र रुपनारायण अधिकारी र नारायण कार्की भने शिक्षक हुन् । उनिहरुलाई निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पाँचथर प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरिक्षक बामदेव गौतमले वताए ।
Update:
पाँचथरमा निर्वाचन अघि नियन्त्रणमा लिइएका नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सहित ३ नेता अझै प्रहरी हिरासतमा छन् ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअघि पक्राउ परेका उक्त पार्टीका केन्द्रीय सदस्य सन्तकुमार लिम्बू ‘सुमन’ र कोशी व्युरो सदस्य जितेन्द्र महरा ‘महावीर’ तथा निर्वाचनपछि पक्राउ परेका पाँचथर जिल्ला सचिवालय सदस्य पेम्वा शेर्पा अझै प्रहरी हिरासतमा छन् । निर्वाचन विरोधी गतिविधिमा सम्लग्न रहेको ठानिएको उक्त पार्टीका नेता कार्यकर्ताहरु विरुद्ध विष्फोटक पदार्थ सम्बन्धी मुद्दा दर्ता गरिएको छ ।
ताप्लेजुङ घर भएका केन्द्रीय सदस्य लिम्बू उक्त पार्टीका मेची व्युरो इन्चार्ज समेत हुन् । निर्वाचनका क्रममा भएका श्रृङ्खलावद्ध बम तथा अन्य विस्फोटक पदार्थ सडकमा राख्ने, विस्फोट गराउने लगायत कार्यमा सम्लग्न रहेको आरोपमा प्रहरीले उनीहरु विरुद्ध विस्फोटक पदार्थ सम्बन्धी मुद्दा दर्ता गरेको छ । पहिलो चरणको निर्वाचन भन्दा केही दिन अघि लिम्बू र महरालाई झापामा पक्राउ गरि पाँचथर ल्याइएको थियो । उनीहरु माथिको मुद्दा अघि बढिसकेको प्रहरी नायव उपरीक्षक बामदेव गौतमले वताए ।
यद्यपी उक्त पार्टीले भने लिम्बू र महरा उपचारका क्रममा रहेका बेला पक्राउ गरिएको, निर्वाचन विरोधी गतिविधिमा उनीहरुको सम्लग्ना नरहेको तथा प्रहरीले अमानवीय व्यवहार गरेको आरोप लगाएको छ । उक्त पार्टीका जिल्ला इन्चार्ज अर्जुन आचार्य ‘सौगात’ले गत शुक्रवार विज्ञप्ती जारी गर्दै उनीहरुको रिहाईको माग गरेका छन् ।
नेकपाका जिल्ला सदस्य शेर्पालाई भने प्रहरीले निर्वाचनको मतगणना समेत सकिएपछि फिदिमबाटै पक्राउ गरेको हो । उनीमाथि निर्वाचनका क्रममा विस्फोटका घट्नामा सम्लग्नाबारे अनुसन्धान भइरहेको प्रनाउ गौतमले वताए । उक्त पार्टीले भने शेर्पा निर्वाचनअघि पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको धरौटी बुझाउन गएको समयमा विनाकारण पक्राउ गरिएको वताएको छ ।