Incident Reports

बलात्कृत बालिकाको उपचारमा आर्थिक अभाव l

2013-07-08

Sur Bahadur Pariyar कैलाली । ०७० असार २४ गते चौमाला गाविस स्थित जंगलमा असार २० गते हात खुट्टाबाँधेर बलात्कार पश्चात टाउकोमा ढुङ्गा प्रहार गरी मरी भनि रुखको टोटकोमा लुकाएर राखिएको अवस्था उद्धार गरिएकी एक १२ वर्षीया बालिकाको उपचारका लागि आर्थिक अभाव भएको छ । नेपालगञ्ज मेडिकल कलेजले सुविधा सम्पन्न अस्पतालमा थप उपचार गर्नु पर्ने बताएपछि थप आर्थिक समस्या भएको पीडित पक्षले इन्सेक, धनगढीलाई जानकारी गराएका छन् । मेडिकल कलेज नेपालगञ्जले असार २३ गते बालिकालाई उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि रिफर गरेको छ । बालिकाको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ । पीडित बालिका पटक/पटक मुर्छा पर्ने गरेकी उपचारमा साथ गएका नरेन्द्र अवस्थीले बताए । बालिका घरमा नआएपछि खोजविनको क्रममा बालिकासँग गोठाला गएकाहरूले घटना भएको अर्का दिन धनबहादुर बोगटी र बालिकालाई जङ्गलमा सँगै गएको बताएपछि घटनाको बारेमा सार्वजनिक भएको थियो । प्रहरीले घटनाको अनुसन्धानको लागि श्रीपुर गाविस-४ लालपुरका २६ वर्षीय धनबहादुरलाई असार २१ गते गिरफ्तार गरी बयानका आधारमा पीडित बालिकाको उद्धार भएको थियो । आरोपि धनबहादुरले बलात्कारपछि घटना सार्वजनिक हुने डरले भौतिक आक्रमण समेत गरेको हुसक्ने प्रहरीले जनाएको छ । पीडित बालिकाको उपचारमा इन्सेक क्षेत्रीय कार्यालय धनगढी र इन्सेक कार्यालय नेपालगञ्जले सरोकारवाला निकायसँग छलफल गरिरहेको इन्सेक क्षेत्रीय संयोजक खडकराज जोशीले जानकारी दिए । पीडित बालिकाको घरको आर्थिक स्थिति कमजोर रहेको कारण उनको उपचारको लागि आर्थिक सङ्कलनको कार्य पनि जारी रहेको छ । सरकारी तथा गैरसरकारी कार्यालयका तर्फबाट जिल्ला प्रशासन कार्यालय, कैलालीको सभाकक्षमा ६६ हजार रकम संकलन भएको छ । घटनापछि श्रीपुरका गाविसका स्थानीय बासिन्दा बलात्कारीलाई सर्वस्वसहित जन्मकैद हुनु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा दुई दिन देखी धर्ना दिईरहेका छन् । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis