Incident Reports

जाजरकोटको कुशेमा दोहोरो झडपबाट दर्जन घाईते, थप झडपको डरले मतदाता आएनन्

2017-11-25

Karnali, Jajarkot, Kuse, Ward 1

अवलरिजा मतदान केन्द्र नजिकै गएराति दोहोरो झडप हुँदा दर्जन घाईते भएका छन् । बामगठबन्धन र काँग्रेस कार्यकर्तावीच झडप भएको हो । झडपमा रमेश रोकाय, प्रेम रोकाय, खिम भण्डारी, मदन भणडारीलगायत दर्जन घाईते भएका छन् । घाईते मध्ये बाम गठबन्धनका प्रेमको अवस्था गम्भीर रहेको छ । झडपमा परी रमेशको हात र खिमको खुट भाँचिएको छ । झडपमा परेका मदन लगायत ४/५ जना वेपत्ता रहेको वडा अध्यक्ष अमर रोका मगरले बताए । घाईतेको उद्धार हुन सकेको छैन । झडपका कारण सरस्वती माध्यमिक विद्यालय अवलरिजा मतदान केन्द्रमा भोट हाल्न आउन मतदाता डराएको अध्यक्ष मगरले बताए । घाईतेको अवस्था गम्भीर रहेको उनले बताए । समयमा उद्धार नभए घाईतेको ज्यान जाने खतरा बढेको उनले बताए । घटनास्थलमा सुरक्षाकर्मी नपुगेको उनले बताए । १० घण्टाअघि खबर गर्दा पनि सुरक्षाकर्मी नआएको उनको आरोप छ । घटनास्थललाई समयमा नियन्त्रणमा नलिए थप झडप हुने र त्रासका कारण मतदाता भोट हाल्न पनि नआएने उनको भनाई छ । उक्त मतदान केन्द्रमा हालसम्म २०/२५ जना बाहेकले मतदान नगरेको उनले बताए । गएराति नै कुशे ९ को पैंक र चौराँटामा पनि दोहोरो झडप हुँदा ४ जना घाईते भएका थिए । घटनास्थल विकट भएकोले सुरक्षाकर्मी पुग्न समय लागेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । त्यस्तै कुशे गाउँपालिका–१ स्थित तपोधेनु आधारभुत विद्यालय मतदान केन्द्र काफलपाटामा मतदान शुरु भएको ४ घण्टामा २० मत पनि खस्न सकेको छैन । विप्लव माओबादीको धम्कीका कारण मतदाता भोट हाल्न जान डराएको स्थानीय कालीबहादुर सिंहले बताए । तीन दिन अघि मतदान बहिष्कार गर्ने भन्दै विप्लवका कार्यकताले सोही मतदान केन्द्र भएको वडा अध्यक्ष गोपालबहादुर नेपालीलाई अपहरण गरेका थिए । अध्यक्ष नेपाली अपहरण मुक्त हुन सकेका छैनन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth unknown
Total Injured 24
National/Online Media

0 Comments

Related Reports