Incident Reports

पाँचथर कुम्मायकमा बम फेला

2017-11-26

Province 1, Panchthar, Kummayak, Ward 4

मतदान जारी रहेको बेला पाँचथरको कुम्मायक ४ साविक रानिगाउँ ९ देवल भन्ने ठाउँमा घरेलु बम फेला परेको छ। निर्वानमा सहभागी हुन जाने क्रममा स्थानीयहरूले बाटोमा रेडवुलको खोलमा तारजडेर तयार गरिएको बस्तु (घरेलु वम) फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । आइतबार दिउँसो साढे ३ बजेतिर फेला परेको सो वस्तु तुरुन्तै डिस्पोज गरिएको छ। घटनाबाट कुनै पनि मानविय क्षति नभएको स्थानीय कमल चम्लागाईले बताए। मतदान संचालन भइरहेको कुम्मायक ४ सिद्ध मावि तिङदेनको मतदान स्थलबाट करीब एक किलोमिटर टाढा फेला परेको सो बम नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले पड्काएर निष्कृय पारेको प्रहरी नायव उपरीक्षक बामदेव गौतमले बताए। यस अगाडि पनि पाँचथरका ३ स्थानमा बम फेला परेको थियो। बम कसले राखेको ?भनेर पुष्टी भने हुन नसके पनि चुनाव विरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द(विप्लव) समूहले राखेको हुन सक्ने आशंका गरिएको छ। पाँचथर प्रहरीले विप्लव समूहका मेची व्यूरो इञ्चार्ज सुमन भनिने सन्तकुमार लिम्वु सहित १६ जनालाई पक्राउ गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports