Incident Reports

बाँसको चिरपट प्रहार गरी छोरीको हत्या l

2013-07-08

Nandaram Poudel कपिलवस्तु । ०७० असार २५ गते गजेहडा गाविस-८ का २४ वर्षीय भागीराम थारुले आफ्नै छोरी छ वर्षीया लक्ष्मी थारुलाई असार २४ गते साँझ बाँसको चिर्पट प्रहार गरी हत्या गरेका छन् । चिर्पट प्रहारबाट उनका पत्नी २३ वर्षीया राममती थारु गम्भीर घाइते भएकी छन् । घाइतेको बुटवल अञ्चल अस्पतालमा उपचार भइरहेको एसपी राजेन्द्र ढकालले जानाकारी दिए । दिउँसो पत्नीसँग झगडा गरी बाहिर गएको र साँझमा रक्सी खाई घरमा आएर बाँसको चिर्पटले अन्धाधुन्दा पत्नी र छोरीमाथि प्रहार गरेका थिए । हत्या गरेको आरोपमा भागीराम थारुलाई प्रहरीले असार २४ गते राति नै गिरफ्तार गरेको छ । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis