Incident Reports

फोनबाट दिएको सम्बन्धविच्छेदको उजुरी प्रहरीमा l

2013-07-10

सुनसरी । ०७० असार २५ गते सत्तेरझोरा गाविस ७ हलैयाकी ४० वर्षीया असगरी खातुनलाई विदेशबाट पतिले तालाक (सम्बन्ध विच्छेद) गरेको भन्दै असार २५ गते न्याय पाउनका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएकी छन् । तीन वर्षअघि वैदेशीक रोजगारका लागि कतार पुगेका असगरीका पति ३५ वर्षीय मोहित मियाँले फोनमार्फत पत्नीलाई तलाक गरेको पीडितले बताइन् । उनको पतिले दुई वर्षअघि नै विदेशबाट फोनमार्फत तलाक दिएपछि न्यायका लागि समूदायमै धेरै पटक छलफल तथा पञ्चयाती बस्दा समेत न्याय नपाएपछि प्रहरीमा उजुरी गरेको महिला अधिकारकर्मी चुन्नी खातुनले बताइन् । खातुनका अनुसार पीडितलाई समूदायमै २० देखि २५ हजार लिएर मिल्न दबाब दिइएको थियो । मोहितले घरमै हुदाँ घुस्की गाविस ६ की विवाहित महिला ३५ वर्षीय नाजो खातुनसँग लुकिछिपी विवाह गरेका थिए एक महिनाअघि विदेशबाट घर आएपछि नाजोलाई घर ल्याउदा आफूमाथि अन्याय भएको थाहा पाएको उनले बताइन् । घटना सम्बन्धमा पीडितले दिएको उजुरीको आधारमा आरोपीको खोजीका लागि प्रहरी परिचालन गरिसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाए । प्रहरी उनको घर पुग्दा आरोपी सप्तरी गएकोले अर्को दिन ल्याउने महिला सेलका कोपिला भुजेलले जानकारी दिइन् । सुकदेब चौध

0 Comments

Related Reports
Related Trend Analysis