Incident Reports

चुनावमा पैसाको चलखेलःकांग्रेस बाँड्दै,एमाले खोस्दै

2017-11-26

Province 1, Panchthar, Yangwarak, Ward 6

एमालेका कार्यकर्ताहरूले याङ्वरक गाउँपालिका– ६, साविक नागी–३ मा कांग्रेस कार्यकर्ताहरूले बाँड्दै गरेका पैसा खोसेका छन्। स्थानीय गोविन्द भारतीको घरमा कांग्रेसका देउमान योङहाङ नेतृत्वको टोलीले पैसा बाँड्दै गर्दा एमालेका खगेन्द्र योङहाङ नेतृत्वको टोलीले आइतबार बिहान खोसेको हो। यस क्रममा उनीहरुबीच केहीबेर झडप पनि भएको प्रहरीले जनाएको छ। सोही वडाका कांग्रेस समर्थक शिक्षक राम भारतीको घरमा मतदातालाई बाँड्न भनेर राखेको १५ हजार रुपैयाँ एमालेका कार्यकर्ताहरूले खोसेका छन्। याङ्वरक गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी कमला योङहाङले मतदातालाई प्रभावित पार्न कांग्रेसका कार्यकर्ताहरूले पैसा बाँड्न लागेको भन्ने सूचनाको आधारमा गएको एमालेका युवा परिचालन गरेको बताइन्। जिल्लाको तुम्वेवा गाउँपालिका वडा नम्बर–१ ,साविक आङना मा पनि गएराति कांग्रेस कार्यकर्ताले पैसा बाँड्न खोजेपछि झडप भएको इलाका प्रहरी कार्यालय मौवाले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Local Newspaper - Panchthar

0 Comments

Related Reports