Incident Reports

अछाममा हतियारसहित २ जना पक्राउ

2017-11-27

Sudurpashchim, Achham, Dhakari, Ward 7

अछाममा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् । जिल्लाको ढकारी गाउँपालिका–७ नुवागाउँस्थित भैसेखोलामा २ नाल भरुवा बन्दुक सहित सोही वडा बस्ने प्रकाश बिक र खडक बहादुर बिक पक्राउ परेका हुन । भरिएको अवस्थामा रहेका बन्दुक बोकेर शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा प्रहरीले फेला पारेपछि पक्राउ गरिएको र आवस्यक अनुसन्धान प्रक्रिया अघि बढाईएको अछामका प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले बताए । पक्राउ परेका २१ बर्षीय प्रकाश र २७ वर्षीय खडकबहादुर नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हुनसक्ने आशंका रहेको डिएसपी न्यौपानेले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Entity CPN M
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Other Sources

0 Comments