Incident Reports

काँग्रेस पूर्व जिल्ला सभापतिको घरमा बिस्फोट

2017-11-28

Province 1, Udayapur, Triyuga

उदयपुर काँग्रेसका पूर्व जिल्ला सभापति हिमाल कार्कीको त्रियुगा नगरपालिका, भाण्टावारीमा रहेको घरमा आज बिहान वम बिस्फोट भएको छ । निर्वाचन क्षेत्र नम्वर १ प्रदेश सभा ख का प्रत्यक्ष तर्फका उम्मेदवार समेत रहेका कार्कीको घरमा बिहान पौने ३ वजे शक्तिशाली वम विस्फोट भएको हो । विस्फोटबाट एउटा भैसी र गाई घाइते भएको प्रहरीले जनाएको छ । उम्मेदवार कार्की लक्षित विस्फोटमा मानवीय क्षति भने नभएको प्रहरी उपरिक्षक नवराज भट्टले वताउनुभयो । बिस्फोटन भएको समयमा उम्मेदवार कार्की घरमै सुतिरहेका थिए । बिस्फोटको आवज सुनेपछि स्थानीय त्रसित छन । प्रतिनिधि र प्रदेश सभालाई विथोल्ने तत्वले उम्मेदवार लक्षित विस्फोटन गराएको जिल्लामा यो दोस्रो पटक हो । यसअघि निर्वाचन क्षेत्र नम्वर २ का प्रत्यक्ष तर्फका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुरेश राई(हिमाल) लाई लक्षित गरि उदयपुरगढी गाउँपालिकाको नरेटारमा साता अघि बिस्फोट भएको थियो । बिस्फोट गराउने समुहको व्यपाक खोजी भईरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports