Incident Reports

उम्मेदवारको गाडीमा आगजनी प्रयास, एकजना अरोपित गिरफ्तार

2017-11-27

Bagmati, Chitawan, Ratnanagar, Ward 2

Deependra Adhikari चितवनमा निर्वाचनको मिति नजिकिँदै गर्दा चुनाव विरोधी गतिविधि बढेका छन् । सर्वसाधरणलाई आतङ्कित पार्ने र उम्मेदवारलाई लक्षित गरी आक्रमणका घटना सार्वजनिक भइरहेका छन् । यस्ता गतिविधिमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको चितवन प्रहरीले जनाएको छ । मङ्सिर ११ गते बिहान ४ बजेको समयमा रत्ननगर नपा-२ स्थित चितवन क्षेत्र नम्बर १ राप्रपा तर्फबाट प्रत्यक्ष उम्मेदवार पिताम्बर आचार्यले चुनाव प्रचारका लागि प्रयोग गरको ना १ ज ५२७५ नम्बरको गाडीमा आगजनीको प्रयाससमेत भएको छ । मट्टितेल छर्केर आगो लगाउँदै गरेको अवस्थामा उम्मेदवार आचार्यले पानी हाली निभाएका थिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा सो पार्टीका कार्यकर्ता चितवन रत्ननगरका ४२ वर्षीय गञ्जसिंह गुरूङलाई आजै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दिपक थापाले बताए । उम्मेदवार लक्षित गरी भएको उक्त आगजनी प्रयासको राप्रपा चितवनका अध्यक्ष दिलिप पाण्डेले विज्ञप्ति प्रकाशन गरी भत्सर्ना गरेका छन् । दिपेन्द्र अधिकारी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Homemade/traditional firearms
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) RPP
Actor 2 - Youth unknown
INSEC , Local Newspaper - Chitwan

0 Comments

Related Reports