Incident Reports

दाङमा बम बिस्फोटबाट घाइते म्यादी प्रहरीको मृत्यु

2017-11-28

Lumbini, Dang, Tulsipur, Ward 5

बम बिस्फोटबाट घाइते भएका म्यादी प्रहरी तुलसीपुर–१२ उरहरीका २३ वर्षीय विनोद चौधरीको मृत्यु भएको छ । तुलसीपुरमा मंगलबार अपरान्ह प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कांग्रेसको चुनावी सभालाई लक्षित गरी बम विष्फोट हुँदा चौधरी घाइते भएका थिए । उनको नेपालगञ्जमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । बिस्फोटबाट नौ जना घाइते भएका थिए । घाईते मध्ये चार जनाको अबस्था गम्भीर थियो । अन्य गम्भिर घाइतेहरु बबई गाउँपालिका–६ पञ्चकुलेका ३६ वर्षीय नेपबहादुर खत्री, तुलसीपुर–७ डाँडापातुकी २२ बर्षीया जेनी डिसी र बागचौर नगरपालिका–२ थारमारे सल्यानकी ४० बर्षीया देवी डीसीको पनि नेपालगञ्जमै उपचार भैरहेको छ । तुलसीपुर- १२ उरहरीकै सर्वसाधारण १९ बर्षीय विनोद चौधरी, तुलसीपुर–१७ मानपुरका ४० बर्षीय बोमराज सुनार, शान्तिनगर गाउँपालिका–२ अमुवाका ५० बर्षीय हिमलाल राम्जाली, बबई–६ बुड्कवाकी १८ बर्षीया सुनिता चौधरी र सल्यान ढोरचौर गाउँपालिका–२ चाख्लीघाटकी ४५ बर्षीया नरभूमी बुढाथोकीको तुलसीपुरमै उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 8
Youth Injured 1
National/Online Media , Local Newspaper - Parsa , Police website , INSEC , Local Newspaper - Jhapa , Local Newspaper - Banke

0 Comments

Related Reports