Incident Reports

भक्तपुरको बालकोटमा पनि बम पड्कियो, प्रहरीद्वारा घटनाको अनुसन्धान

2017-11-28

Bagmati, Bhaktapur, Suryabinayak, Ward 3

सूर्यविनायक नगरपालिका–३, बालकोट रोजभिलेज नजिकैको प्लानिङमा बम विस्फोट भएको छ । मङ्गलबार साँझ करिब साढे ७ बजे प्लानिङमा बम विस्फोट भएको महानगरीय प्रहरी वृत्त ठिमी प्रमुख डीएसपी प्रज्वलमान मर्हजनले बताए । खुल्ला स्थानमा विस्फोट भएकाले कुनै मानवीय क्षति भने नभएको उनले बताए । बम विस्फोट भएको स्थानमा खाल्डो परेको तर कुनै शंकास्पद वस्तु भने नभेटिएको प्रहरीले जनाएको छ । उक्त स्थानमा शिल गरी अनुसन्धान थालिएको डीएसपी महर्जनले बताए । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गाना, क्षेत्र नम्बर २ प्रदेशसभा ‘ख’बाट प्रदेशसभा सदस्यमा एमाले–माओवादी केन्द्र वाम गठबन्धनका उम्मेदवार राजेन्द्र श्रेष्ठको बसोबास क्षेत्र नजिकै बम विस्फोट हुँदा स्थानीय बासिन्दा त्रसित बनेका छन् । गलबार दिउँसो वाम गठबन्धनको चुनावीसभालाई लक्षित गरेर ललितपुरको लगनखेलमा पनि बम विस्फोटन गराइएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports