Incident Reports

ललितपुरमा बम विस्फोट, मानवीय क्षति हुन पाएन

2017-11-28

Bagmati, Lalitpur, Lalitpur

लगनखेल नजिकै मंगलबार दिउँसो करिब ३ बजे बम विस्फोट भएको छ । वाम गठबन्धन जिल्ला निर्वाचन परिचालन समितिले आयोजना गरेको बृहत् चुनावीसभालाई लक्षित गरी बम विस्फोट गराइएको हो । विस्फोटबाट मानवीय क्षति भएको छैन । स्थानीय नमुना मछिन्द्र आवासीय माध्यमिक विद्यालयको ७ वटा झ्यालको सिसा फुटेको छ । विस्फोटको आवाजले सर्वसाधारण आतंकित बनेका छन् । विद्यालय नजिक भएको विस्फोटका कारण जमिन खाल्डो परेको छ । पुनर्निर्माणको अभावमा उक्त विद्यालय ६ महिनादेखि सञ्चालन भएको छैन । विस्फोट लगत्तै पुगेको नेपाली सेनाले घटनाबारे अनुसन्धान गरिरहेको छ । घटनाको कसैले जिम्मा लिएको छैन । लखनखेल बसपार्क नजिक आयोजना गरिएको सभाको प्रमुख वक्ता एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने क्रममा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।सभा केहीबेर रोकेर सञ्चालन गरिएको छ । ‘निर्वाचन नगरे अरु के गर्ने ? जनताले प्रतिनिधि छान्न पाउने कि नपाउने ? हिँड्दै छ भने मान्छे गन्तव्यमा पुग्ने कि नपुग्ने ?’ बम पड्किएपछि आक्रोशित हुँदै एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले भने, 'यस्ता सानातिना घटनाले निर्वाचन रोक्नु हुँदैन, रोकिन्न ।' उनले निर्वाचनको विरोध गरेर विनाशको बाटोमा नलाग्न नेकपा लगायतलाई आग्रह गरे ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports