Incident Reports

रिमोट कन्ट्रोल र कुकरबम सहित पक्राउ

2017-11-27

Madhes, Siraha, Siraha, Ward 6

विष्णुपुर गाउँपालिका–६ स्थित माहाबीर चोकबाट रिमोट कन्ट्रोल र कुकर बम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा छिन्नमस्ता गाउँपालिका–१ बस्ने ४० वर्षीय तेजनारायण यादब र विष्णुपुर गाउँपालिका–६ स्थित चिया नास्ता पसल गरी बस्ने संजयकुमार राय रहेका छन् । विष्णुपुर गाउँपालिका–६ स्थित माहाबीर चोकबाट रिमोट कन्ट्रोल सहित यादव पक्राउ परेपछि निजले रायको पसलमा रिमोटबाट पड्कने कुकर बम लुकाई छिपाई राखेको बताएपछि रायलाई नियन्त्रणमा लिँदा उक्त कुकर बम धानबारीमा गाडेर राखेको खुल्न आएपछि खनेर हेर्दा रिमोटबाट पड्कने यन्त्रहरु जडित कुकरबम प्रहरीले फेला पारेको हो । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

0 Comments