Incident Reports

बुथ कब्जा गर्न नदिएको भन्दै कांग्रेस प्रतिनिधिमाथि रोल्पामा माओवादीको आक्रमण

2017-11-28

Lumbini, Rolpa, Suwarnabati, Ward 6

चुनावमा बुथ कब्जा गर्न नदिएको भन्दै माओवादीका कार्यकर्ताले कांग्रेसका प्रतिनिधिमाथि आक्रमण गरेका छन् । नेपाल विद्यार्थी संघ रोल्पाका सदस्य सुवर्णावती गाउँपालिका –६, गजुलका विष्णु केसीलाई माओवादीका कार्यकर्ताले घरमै गएर साङ्घातिक आक्रमण गरेको परिवारकाे अाराेप छ । माओवादीले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका केसीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ । उनको अझै होस् नखुलेको परिवारको भनाई छ । कांग्रेसको प्रतिनिधि बसेकै कारण आक्रमण हत्या गर्न खोजिनु दुखद भएको नेविसंघका पूर्वमहामन्त्री तथा रोल्पाका प्रदेशसभाका समानुपातिक उम्मेदवार मनोजमणि आचार्यले बताउनुभयो । घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न नेपाल विद्यार्थी संघ रोल्पाले माग गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports