Incident Reports

कांग्रेस उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट

2017-11-29

Bagmati, Kabhrepalanchok, Roshi, Ward 10

प्रतिनिधी सभा क्षेत्र नं १ अन्तगर्तको प्रदेशसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र बहादुर (सिबी) तामाङलाई लक्षित गरेर रोशी गाउँपालिका १० वाल्टिङमा बम बिस्फोट गराइएको छ । तामाङ चढेको गाडी लक्षित गरेर बिस्फोट गराइए पनि गाडी पार भइसकेको कारण कुनै क्षति नभएको घटनास्थलामा रहेका पत्रकार कपिल कोइरालाले जानकारी दिए । उम्मेदवारको सुरक्षाको लागि गएको इलाका प्रहरी कार्यलय मंगलटार र प्रचारका लागि गएका अन्य गाडीमा पनि कुनै क्षति भएको छैन । घटनास्थल आसपास प्रेसरकुकरका टुक्रा भेटिएको पत्रकार कोइरालाले जानकारी दिए । घटनाबारे अनुसन्धान थालिएको र खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले जानकारी दिए । वाल्टिङको कार्यक्रम सकेर मंगलटारको कार्यक्रमलाई प्रस्थान गर्ने क्रममा जंगलमा बिस्फोट गराइएको हो । घटनापछि सबै कार्यक्रम स्थगित गरेर कांग्रेस टोली बनेपा फर्किएको छ । काभ्रेमा चुनावी अभियानको क्रममा बिस्फोट भएको यो पहिलो घटना हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports