Incident Reports

बसमा बम बोकेर आएका दुईजना भारतीय पक्राउ

2017-12-01

Bagmati, Dhading, Dhunibesi

बसमा बम बोकेर ल्याइरहेका दुईजना भारतीय नागरिक धादिङको नौबिसेमा पक्राउ परेका छन् । शुक्रबार विहान काँकडभिट्टाबाट काठमाडौं लागि छुटेको ना ७ ख ४९७६ नम्बरको बसमा एउटा प्रेसरकुकर बम र दुईवटा सकेट बमसहित भारत अछाम सिमलटापुका २३ वर्षका राजु विश्वास र भारतको पश्चिम बंगालका ३० वर्षका मोहम्मद फर्मान अलीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय खानीखोलामा राखिएको छ ।

0 Comments

Related Reports