Incident Reports

रौतहटमा युवतीको शंकास्पद मृत्यु

2017-11-30

Madhes, Rautahat, Garuda

रौतहटमा एक युवतीको शंकास्पद मृत्यु भएको छ । देवाही गोनाही नगरपालिका ७ प्रेमपुर गोनाही टोलकी एक दलित युवतीको शंकास्पद मृत्यु भएकोले आधा जलेको लासलाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवतीलाई हत्या गरेर जलाइँदै गरेको खबर प्रहरीलाई प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गरुडा र इलाका प्रहरी कार्यालय शिवनगरको टोली गोनाही भन्दा करिब डेढ किलोमिटर टाढा खोलामा युवतीको लास जलाइरहेको अवस्थामा लासलाई नियन्त्रणमा लिएका थिए । आधा जलिसकेको लासलाई नियन्त्रणमा लिएर पुलिसले नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल पु¥याएको छ । देवाही गोनाही नगरपालिका ७ गोनाही टोलका सुनई पासवानकी १८ वर्षकी छोरी सुरतिया कुमारी पासवानलाई खोलामा जलाउँदै गरेको अवस्थामा पुलिस पुगेपछि लास जलाउन पुगेकाहरु सबै छोडेर भागेका थिए । नयाँ युवतीको मृत्युको विषयलाई लिएर प्रहरीले अनुसन्धान थालेको छ । पोस्ट मार्टम रिपोर्ट आएपछि प्रहरीले नयाँ किसिमले अनुसन्धान थाल्ने इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरक्षक गोविन्द थापाले बताएका छन् । यसैबीच रौतहटको सदरमुकाम गौरमा एकजना युवकको लास बरामद भएको छ । अन्दाजी २५ वर्षको जस्तो देखिने पुरुषको आधा कुहिएको अवस्थामा देखिएको लासलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान थालेको छ । नचिनिने अवस्थामा पुगेको लासलाई पहिचानको वैज्ञानिक तरिका अपनाएर घटनाको अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments