Incident Reports

बिप्लवका सेक्रेटरी पक्राउ

2017-11-30

Province 1, Udayapur, Belaka

नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्लाको पूर्वी बेलका नगरपालिकाबाट सेक्रेटरी बाबुराम सुबेदीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उदयपुरमा शृङ्खलाबद्ध बम आक्रमणसँगै उम्मेदवारसहित ७ जना घाइते हुने गरी एम्बुस विष्फोट गराउनेको खोजी गर्ने क्रममा उनी पक्राउ परेका हुन् । उनलाई बिहीबार साँझ नियन्त्रणमा लिइएको हो । यसअघि बिहान त्रिनपा ८ का बलबहादुर मगरलाई एम्बुस थाप्ने योजनाकारमध्येका एक भएको आरोपमा घरबाटै पक्राउ गरेर अनुन्धान थालिएको प्रहरीले जनाएको छ । अज्ञात समूहले लगातार विष्फोट गराउन थालेपछि चुनाव वहिस्कारको अभियानमा जुटेको नेकपालाई लक्षित गरी अपराधीको ‘सर्च’ गर्ने क्रमलाई प्रहरीले तिब्र पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीले नेकपाका जिल्ला इन्चार्ज केदार राईको मोटरसाइकल पनि बरामद गरेको जनाएको छ । राई भने फेला पर्न सकेका छैनन् । उनको खोजी भइरहेको प्रहरी भनाई छ । उदयपुरमा उम्मेदवारको कार्यक्रम लक्षित गरी मंसिर १४ देखि निरन्तर विष्फोट हुने क्रममा १३ गते विद्युतीय धराप विष्फोटमा नेपाली कांग्रेसका प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार नारायण कार्की गम्भीर घाइते भएका थिए । उनीसँगै टोलीमा रहेका नेविसंघ नेतृ मीरा कटुवाल, चालक राजन कार्की, कार्कीका अंगरक्षक कालीदास श्रेष्ठ र गाडीमा सवार बृद्धा धनमाया धौलाकोटी पनि घाईते भएका थिए । उनीहरु सबैको राजधानीस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports