Incident Reports

ललितपुरको कुपन्डोलमा बम विस्फोट, आतंक फैलाउन फोहोरको थुप्रोमा विस्फोट गराएको प्रहरीको भनाइ

2017-12-01

Bagmati, Lalitpur, Lalitpur, Ward 10

कुपन्डोलको यूएन पार्क नजिक शुक्रबार साँझ बम विस्फोट भएको छ । अज्ञात समूहले थापाथलीको पुल र यूएन पार्कको बीचमा फोहोर फालिएको ठाउँमा विस्फोट गराएको जावलाखेल प्रहरीले जनाएको छ । चुनावको विपक्षमा गतिविधि गरिरहेको समूहले आतंक फैलाउन विस्फोट गराएको प्रहरी अनुमान छ । विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन । विस्फोट फोहोरको थुप्रोमा गराइएकोले अवशेष समेत भेटिन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा अनुसन्धान जारी राखेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरण निर्वाचन अघिदेखि नै देशका विभिन्न जिल्लामा उम्मेदवार लक्षित बम विस्फोटका घटना हुँदै आएको छ । मंगलबार तुलसीपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने चुनावीसभालाई लक्षित गरेर विस्फोट गराउँदा घाइते भएका एक म्यादी प्रहरीको ज्यान गएको थियो । मंगलबार दिउँसो पनि वाम गठबन्धनले लगनखेलमा आयोजना गरेको चुनावसभा नजिक बम विस्फोट गराइएको थियो । गठबन्धनका नेता एवं एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने क्रममा बिस्फोट गराउँदा स्थानीय विद्यालयको झ्यालका सिसा फुटेको थियो । सोही दिन साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोट रोजभिलेज नजिकैको प्लानिङमा पनि बम विस्फोट गराएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Reports