Incident Reports

उम्मेदवारलाई लक्ष्य गरी बम विस्फोट

2017-12-01

Lumbini, Kapilbastu, Shivaraj, Ward 9

सिद्धराज नगरपालिका(९ भगवानपुरमा नयाँ शक्ति पार्टीबाट प्रतिनिधिसभा क्षेत्र नं ३ का उम्मेदवार इलियास सुलसमान चढेको गाडीलाई लक्ष्य गरी अज्ञात समूहले आज अपराह्न बम विस्फोट गराएको छ । विस्फोटका कारण सुलसमान चढेको एमए४३ए ८३०० नंको भारतीय जिपमा सामान्य क्षति भएको छ । विस्फोटबाट उहाँ सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विस्फोटबाट जीपको झ्यालका सिसा फुटेको र टायरमा क्षति भएको प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले बताए । घटनास्थल र विस्फोटबारे नेपाली सेनाबाट थप अनुसन्धान भइरहेको जनाइएको छ । निर्वाचन अवधिभर थप घटना हुन सक्ने भएकाले सो क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सघन रुपमा परिचालन गरिएको प्रजिअ मदन भुजेलले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Naya Shakti
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
National/Online Media , INSEC

0 Comments

Related Reports