Incident Reports

झलनाथ खनाल चढेको गाडी नजिकै बम विस्फोट

2017-12-01

Province 1, Ilam, Suryodaya, Ward 3

RSS पूर्वप्रधानमन्त्री तथा वाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार झलनाथ खनाल सवार गाडी नजिकै शुक्रबार बम विस्फोट भएको छ । खनाल माई नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेर फर्कंदै गर्दा शुक्रबार साँझ ७ बजे फिक्कल–पशुपतिनगर सडकखण्डको तीनखुट्टेमा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । विस्फोटबाट कुनै क्षति भने नभएको प्रहरीको भनाइ छ । प्रहरी प्रमुख विपीन कर्माचार्यले खनाल सवार गाडीलाई लक्षित नभई बाटोमुनिको कान्लाबाट विस्फोटको आवाज आएको बताए । प्रजिअ विष्णुप्रसाद पोखरेलले घटना सामान्य भए पनि विस्फोटमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन खोजी भइरहेको जानकारी दिए। उनका अनुसार विस्फोट खनाल सवार गाडीभन्दा १५-२० मिटर पर भएको थियो । जिल्लामा यस्तो घटना हुन नदिन एक भारतीयसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Jhapa

0 Comments

Related Reports