Incident Reports

मानव बेचविखनको आरोपमा एक महिला गिरफ्तार l

2013-07-10

Natibabu Dhital सिन्धुपाल्चोक । ०७० असार २७ गते पाङग्रेटार गाविस-७ स्वाँराकी १९ वर्षीया शान्ता विश्वकर्मालाई ०७० असार २६ गते मानव बेचविखनको आरोपमा जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । आरोपितले चोकटी गाविस-२ घरभई पाङग्रेटार गाविस-८ दिदीको घरमा बस्दै आएकी १५ वर्षीया बालिका र बाह्रबीसे गाविस -५ की १६ वर्षीया बालिकालाई ०७० असार २३ गते बिक्री गर्ने उद्देश्यले मांखा गाविस - ६ स्थित खाडीचौर बजारबाट काठमाडौँ लैजान लागेकी थिइन् । आरोपित शान्ता बिकले पाङग्रेटार गाविस -७ की सुनिता विकले प्रति ब्यक्ति एकलाख रुपियाँ दिन्छु भनेपछि आफुले दुई जना बालिकालाई काठमाडौँ लैजान लागेको बताइन् । आरोपितको जिल्ला प्रहरीले अनुसन्धान गरिरहेको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख लक्ष्मी तामाङले बताइन । नातीबावु धिताल

0 Comments