Incident Reports

बलात्कारको उजुरीमा मिलापत्र गर्ने दलित महिला घर निकाला l

2013-07-11

Shiva Prasad Dhungana ओखलढुंगा । ०७० असार २७ गते एक युवकको बलात्कारबाट गर्भ बसेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि आरोपितपक्षको दबाबमा मुद्दा मिलापत्र गरेकी कुन्तादेवी गाविसकी २३ वर्षीया एक दलित महिलालाई उनको परिवारले घरनिकाला गरेको छ । आरोपितले पीडितलाई रकम दिएपछि आरोपित र पीडित आ-आफ्नो घरमा बस्ने सहमतिसहित उजुरीमा मिलापत्र गरेर घर फर्किएपछि पीडितलाई उनका ससुरा र विदेशमा रहेका पतिले घर पस्न नदिएपछि ०७० असार २२ गते पीडित घर निकाला भएकी हुन् । पीडित हाल आफन्तकोमा बस्दै आएकी छन् । कुन्तादेवी गाविस-९ का २८ वर्षीय हेमबहादुर बिकले पीडित सदरमुकाम आएको समयमा आफ्नो कोठामा बोलाई बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७० असार १५ गते उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी दर्ता भएपनि आरोपितपक्षको दबाबमा आरोपतपक्षले पीडितलाई १ लाख ६० हजार रुपियाँ दिएर असार २० गते उजुरीमा मिलापत्र भएको थियो । पीडितले आफूसम्बद्ध दल एमाओवादी र टोलका छिमेकीहरुको भनसुन र दबाबमा आरोपितसँग मिलापत्र गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालयले पीडित र आरोपितलाई झिकाइ महिला तथा बालबालिका कार्यालयको रोहवरमा मिलापत्र गराएको भए पनि पीडित विस्थापित भएको बारेमा कुनै जानकारी नभएको महिला तथा बालबालिका कार्यालयकी कर्मचारी इरान राइले बताइन् । जिल्ला प्रहरी कार्यालयले पीडित विस्थापित भएको विषयमा जानकारी नभएको बतायो । शिवप्रसाद ढुंगाना

0 Comments

Related Reports
Related Trend Analysis