Incident Reports

विप्लवका दुई कार्यकर्ता पक्राउ

2017-12-02

Province 1, Sunsari, Dharan

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता धरानबाट पक्राउ परेका छन्। निर्वाचन विरोधी गतिविधिमा संलग्न भई बम विष्फोटनका घटना घटाएको आरोपमा उनीहरु पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-५ देउरालीमा छापामारी शुक्रवार राति विप्लवका दुई जना कार्यकर्तालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान- ५ देउराली बस्ने पूर्ण विक र भीम विक रहेका छन्। प्रहरीले दुबै जनालाई घरबाटै पक्राउ गरेको हो। दुबै जना धरान नगरस्तरका कार्यकर्ता रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए। उनका अनुसार पक्राउ परेका दुबै जनालाई सार्बजनिक अपराध ऐन अन्र्तगत मुद्धा दर्ता गरि कारवाही प्रक्रिया अगाडि बढाइने छ। निर्वाचन विरोधी गतिविधिमा उत्रिएका चन्दका कार्यकर्ताले सुनसरीको धरान र इटहरीमा बम विष्फोट गराएको प्रहरीको दावी छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports