Incident Reports

बालिका बेपत्ता पारेको भन्दै प्रहरीमा उजुरी l

2013-07-14

Province 1, Morang, Katahari

मोरङ । ०७० असार ३० गते कटहरी गाविस-२ की १४ वर्षीया मानो पण्डितलाई बेपत्ता पारेको भन्दै विराटनगर उमनपा-१० स्थित प्लाइ मिल्समा कार्यरत भारतीय नागरिक २४ वर्षीय बिल्लु बर्मा र २५ वर्षीय कपिल बर्माविरुद्ध पीडितका दाजु रामो पण्डितले असार ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उजुरीमा आरोपितले पीडितलाई ललाइफकाई भारत लगेकोले मानव बेचविखन मुद्दामा कारबाही र पीडितको सकुशल उद्धार गर्न उल्लेख गरेको जिल्ला कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख सुमा कार्कीले बताइन् । पीडितका दाजु रामोले बालिकालाई बेचबिखनका लागि भारत लगेको शंका लागेको बताए । घटनाबारे अनुसन्धान थालिएको सेवा केन्द्रका प्रमुख कार्कीको भनाइ छ । दीपेन नेउपाने

0 Comments