Incident Reports

छोरा नपाएको आरोपमा यातना पाएकी गर्भवती महिला अस्पताल भर्ना l

2013-07-13

Manohar Pokharel सप्तरी । ०७० असार २९ गते छोरा नजन्माएको भन्दै सासु तारादेवी यादव र ससुरा अम्बेश्वर यादवले कुटपिट गरेपछि घाइते भएकी इटहरी विष्णुपुर गाविस-३ की २८ वर्षीया सुशीला यादव उपचारका लागि असार २९ गते साँझ अस्पताल भर्ना भएकी छिन् । तीन छोरी जन्मे पनि छोरा नजन्मेकाले सासु र ससुराले शारिरीक र मानसिक यातना दिदै कुटपिट गर्ने गरेको भन्दै आठ महिनाकी गर्भवती सुशिला उपचारका लागि राजविराज नपा-३ स्थित सगरमाथा अञ्चल अस्पताल भर्ना भएकी हुन् । छोरा नजन्मेपछि वंश नै समाप्त हुने भन्दै सासु र ससुराले कुटेपछि मलेकपुर गाविस-५ खुरहुरियास्थित माइतबाट आएका दुई भाइ बिशो यादव र महेन्द्र यादवलाई समेत अपशब्द प्रयोग गर्दै कुटपिट गरेको पीडित महिलाले बताइन् । घाइते सुशीलाले उपचारका लागि घर परिवारसँग अनुनय विनय गरेपनि स्वास्थ्योपचार नगरि ज्यान मार्ने धम्की दिन थालेपछि एक्लै भागेर अस्पताल आएको उनले बताइन् । उनले तीनओटा छोरी पाएपछि चौथो पटक रहेको गर्भ चेकजाँच गराउँदा पुनः छोरी नै देखिएपछि सासु, ससुराले औषधी खुवाएर यसअघिको ६ महिनाको गर्भ तुहाइदिएको समेत बताइन् । तीनवटा छोरी भएकाले सासुससुराले निहुँ खोजी-खोजी कुटपिट गर्ने गरेको र पति सोझो भएकाले मौन बस्ने गरेको उनले बताइन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis