Incident Reports

मातेको सुरमा मिल्ने साथीले चिर्पट हानेपछि घाइते भएका पूर्व प्रधानाध्यापकको मृत्यु

2017-12-04

Gandaki, Lamjung, Rainas, Ward 9

राइनास नगरपालिका–९, कुँडुलेमा चिर्पट प्रहारबाट गम्भीर घाइते राइनास नगरपालिका–१०, सिमघारीस्थित रत्न प्राविका पूर्व प्रधानाध्यापक ५५ वर्षीय हितमान श्रेष्ठको उपचारका क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ । डीएसपी पदमबहादुर विष्टका अनुसार कुँडुलेस्थित आफ्नै गाउँमा स्थानीय ३६ वर्षीय बेलबहादुर गुरुङले दाउराको चिर्पट प्रहार गरेपछि श्रेष्ठ गम्भीर घाइते भएका थिए । तत्काल लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याइएकोमा उपचार हुन नसकी उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो । मणिपालमा आइसियु सुविधा नभएको भनी फिस्टेल हस्पिटलमा रिफर गरेको थियो । फिस्टेलमा पनि उपचार सम्भव नभएपछि काठमाडौंस्थित न्युरो अस्पताल पठाएकोमा उपचारका क्रममा सोमबार अपरान्हतिर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना भएको दिन दुवैले मादक पदार्थ सेवन गरेका थिए । दुवैजना मिल्ने साथी रहेको र राति साँस्कृतिक कार्यक्रम हेरेर फर्कने क्रममा झगडा भएको प्रहरीले जनाएको छ । पीडक बेलबहादुर पनि सामान्य घाइते छन् । उनी फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले बेलाबहादुरविरुद्ध यसअघि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएकोमा अब मुद्दा कर्तब्यमा ज्यानमा परिणत हुने बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Chitwan

0 Comments

Related Reports