Incident Reports

बलात्कार घटनामा मिल्न पीडित पक्षलाई दबाब l

2013-07-12

Province 1, Morang, Kanepokhari

Dipen Neupa मोरङ । ०७० असार २९ गते एक सुस्तमनस्थितिकी १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपित पक्षले पीडित पक्षलाई मिल्न दबाब दिएको छ । पीडित पक्षले असार २८ गते विराटनगरमा पत्रकार सम्मेलन गरेर आरोपित पक्षले मिल्न दबाब दिएको कुरा सार्वजनिक गरेको हो । गाउँमै मिल्न दबाब आएपछि अधिकारकर्मी शान्ति पाख्रीनको पहलमा पीडित र उनकी आमा प्रतिव्यक्ति १ सय रुपियाँ गाडी भाडा तिरेर विराटनगर आएका थिए । पत्रकार सम्मेलनमा गाउँमा बस्न नसक्ने अवस्था भएकोले सुरक्षा खोज्दै विराटनगर आएको पीडितकी आमाले बताइन् । पीडितलाई विराटनगरकै एक गैरसरकारी संस्थाले सुरक्षित आवास गृहमा राखेको छ । घटना मिलाउन गाउँका कथित भद्रभलादमी र केही राजनीतिक कार्यकर्ता सक्रिय रहेको पीडित पक्षको भनाइ छ । जति नै दबाब आएपनि छोरीलाई न्याय दिलाएर छाड्ने पीडितकी आमाले बताइन् । घटनाका आरोपितद्वय ७७ वर्षीय टेकबहादुर श्रेष्ठ र ६० वर्षीय जीवन श्रेष्ठलाई प्रहरीले असार २० गते गिरफ्तार गरेको थियो । पीडितलाई उनीहरूले बोकेर आफ्नै घर र नजिकको जङ्गलमा लगी असार १ गतेदेखि दैनिक बलात्कार गर्ने गरेको इलाका प्रहरी कार्यालय लेटाङमा पीडित पक्षले दिएको उजुरीमा उल्लेख गरिएको छ । पीडितका बाबु वैदेशिक रोजगारमा गएका छन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis