Incident Reports

पतिको कुटपिटबाट घाइते भएकी महिला न्याय माग्दै l

2013-07-15

Natibabu Dhital सिन्धुपाल्चोक । ०७० असार ३१ गते पतिको कुटपिटबाट सख्त घाइते भएकी चौतारा गाविस-९ गैरीगाँउकी ४८ वर्षीया मंगली तामाङ ०७० असार ३१ गते न्याय माग्दै जिल्ला प्रहरी कार्यालय पुगेकी छिन् । घरमा बसिरहेको बेला पति ५३ वर्षीय सुमन सिंह तामाङले ०७० असार ३० गते बेलुका मादक पर्दाथ सेवन गरी मरणासन्न हुनेगरी उनलाई कुटपिट गरेका थिए । पीडितलाई असार ३१ गते बिहान उपचारको लागी चौतारा अस्पताल लगिएको थियो । उपचार गरिरहेकै अवस्थामा न्याय माग्दै पीडित असार ३१ गते जिल्ला प्रहरी कार्यालय पुगेकी हुन् । पीडितले पति विरुद्ध उजुरी गरिन् । उजुरी दिन आएकी पीडितले भनिन्, 'पतिले १३ वर्षदेखि कुटपिट गर्दै आएका हुन् ।' आरोपित फरार भएको प्रहरीले जनाएको छ । नातीबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis