Police has arrested one district level leader of Rastriya Prajatantrik Party Prajatantrik in Dhankuta district for doling out cash to voters.
Raj Kumar Rai, ward committee chairman of the party in Dhankuta-2, was arrested with Rs 169,500 cash kept in two bags. Cadres of left alliance took Rai under control and submitted to police, informed district police chief Sudip Rajbhandari.
Police said initial investigation had proved Rai had distributed cash to voters during the silence period. Chief Election Officer Binod Kumar Pokharel said further investigation will be conducted over the matter.
मतदातालाई आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै धनकुटाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का एक नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) धनकुटा–२ का वडा समिति अध्यक्ष राजकुमार राई रहेका छन् । राईको साथबाट १ लाख ६९ हजार ५ सय बरामद भएको बताइएको छ । उनलाई धनकुटा–३ कागतेबाट मंगलबार राति वाम गठबन्धनका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिए ।
मौन अवधिमा मतदातालाई आर्थिक प्रलोभनबाट प्रभावित पार्न खोजेको प्रारम्भिक छानविनबाट पुष्टि भएको प्रहरीको भनाई छ । राईका साथमा रहेका अन्य दुई जना भने फरार रहेको जनाईएको छ । बरामत रकम सहित नियन्त्रणमा लिइएका राईकोबारे थप छानविन गरिने मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए । उनको साथमा रहेका दुई झोला मध्ये एउटामा ९६ हजार अर्कोमा ७३ हजार ५ सय नगद फेला परेको छ ।
यसैबिच जिल्लाका चौबिसे क्षेत्र अन्तर्गत केहि मतदान केन्द्र नजिक वाम तथा लोकतान्त्रिक गठबन्धनका झन्डा तथा पोष्टर नहटाएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित पार्टीलाई ध्यानाकर्षण गराएको जनाएको छ ।