Incident Reports

कुटपिटको आरोपमा माओवादी राज्य समिति सदस्यसहित तीन गिरफ्तार l

2013-07-14

Adarsha KC रूकुम । ०७० असार ३१ गते खलंगास्थित सिस्ने दोहरी साँझमा असार ३० गते जिल्ला प्रहरी कार्यालय रूकुममा कार्यरत प्रहरी जवान ३६ वर्षीय दिपेन्द्र सिंह लाई कुटपिट गरेको आरोपमा माओवादी राज्य समिति सदस्य महेन्द्र बुढा सहित तीनजनालाई प्रहरीले गिरफ्तार गरेको छ । कुटपिटमा सङ्लग्न भएको भन्दै प्रहरीले सिस्ने दोहरी साँझका सञ्चालक र माओवादी राज्य समिति सदस्य तथा सिस्ने हिमाल बस तथा मिनिबस यातायात समितिका अध्यक्ष महेन्द्र बुढा र अर्का एक युवालाई प्रहरीले गिरफ्तार गरेको छ । मुख्य दोषी यौवन भनिने वाइसियलका जिल्ला सदस्य फरार रहेको प्रहरीले जानकारी दिएको छ । नयाँ सञ्चालनमा आएको दोहरी साँझ हेर्न पुगेका सिंहलाई मदिरा सेवन गरेका युवाहरूले एक्कासी आक्रमण गरेका थिए । सिंहको टाउकोमा बियरको बोतलले प्रहार गर्दा ५५ ओटा टाका लगाइएको जिल्ला अस्पतालले जानकारी दिएको छ । अस्पतालले टाउकोमा गम्भीर चोट भएकोले उपचारका लागि असार ३१ गते नेपालगन्ज रेफर गरेको छ । सिस्ने हिमाल बस तथा मिनिबस यातायात समितिमा आवद्ध युवाहरू कुटपिटमा सङ्लग्न भएकोले खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ । आदर्श केसी

0 Comments

Related Reports
Related Trend Analysis