Incident Reports

महिलालाई दाइजो नल्याएको आरोपमा घरनिकाला l

2013-07-15

Province 1, Morang, Jahada

Dipen Neupane मोरङ । ०७० असार ३१ गते मझारे गाविस-८ की २० वर्षीया सीतादेवी महतोलाई उनका सासू ४० वर्षीया बुझनीदेवी, ससुरा ४५ वर्षीय श्रीराम महतो र पति ४० वर्षीय हरिओम राजभरले कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा असार ३१ गते उजुरी दिएकी छन् । उनलाई दाइजो नल्याएको आरोपमा कुटपिट गरी घरनिकाला गरेको पीडितका भाइ सुरेन्द्र महतोले बताए । घरनिकाला गरेपछि पीडित माइती घरमा बस्दै आएकी छन् । उनलाई असार १ गते घर निकाला गरिएको हो । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख सुमा कार्कीले आरोपित त्रयलाई गिरफ्तार गर्न पत्राचार गरिएको बताइन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis