Incident Reports

घरेलु हतियारसहित चार पक्राउ

2017-12-06

Gandaki, Lamjung, Madhya Nepal, Ward 7

लमजुङ र कास्कीको सिमानाबाट घरेलु हतियारसहित आज चार जना पक्राउ परेका छन् । मध्यनेपाल नगरपालिका–७ रामबजारबाट कास्कीतर्फ जाँदै गरेका चार जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो । सीमा सुरक्षा जाँचका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको भोर्लेटार इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए । उनीहरुको साथबाट खुकुरीसहित दुई लिटर पेट्रोल, एउटै झोलाबाट काँग्रेस र वाम गठबन्धनको झण्डासमेत बरामद गरिएको छ । पक्राउ पर्नेमा सुन्दरबजार-९ भोटेओडारका रमेश कार्की, कास्की रुपा गाउँपालिका, फलाङकोटका उमाकान्त खनाल, किसन श्रेष्ठ र प्रताप खनाल रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक छानबिन गरिरहेको प्रहरीले जनाएको छ । कास्कीमा बिहीबार हुने दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सीमा सुरक्षा जाँचमा कडाइ गरिएको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports