Incident Reports

शिक्षा निकेतनका सञ्चालक सञ्जेलमाथि साङ्घातिक आक्रमण l

2013-07-14

प्रकाश काफ्लेद्वारा नाकको शल्यक्रिया भएको अधिकारीले जनाए । स्कुलको ठेक्कापट्टा गर्ने ठेकेदारसँग लेनदेनको विषयमा कुरा गर्नु छ, भनि क्लिनिकमा पुगेका एक समूहले सञ्जेललाई मुक्का प्रहार गरी घाइते बनाएको समता स्कुलका शिक्षक बिनोद पाण्डेले बताए । आक्रमणपछि सो समूह फरार भएको थियो । घटनामा सङ्लग्न रहेको आशङ्कामा महानगरीय प्रहरी वृत बौद्ध प्रहरीले स्कुलका ठेकेदार रामबहादुर भुजेललाई गिरफ्तार गरी सोधपुछ गरिरहेको वृतका डीएसपी मनोज केसीले बताए । बयानका क्रममा रामबहादुर भुजेलले सुशिल राई भन्ने व्यक्तिको सङ्लग्नता हुनसक्ने बताएको डीएसपी केसीले जानकारी दिए । समता शिक्षा निकेतनका सञ्चालक सञ्जेल अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का साधारण सदस्य पनि हुन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis