Incident Reports

उम्मेदवारमाथि हातपात

2017-12-07

Gandaki, Syangja, Chapakot, Ward 4

चापाकोट नगरपालिका–४ स्थित राममन्दिर मतदान स्थलभित्र नै वाम गठबन्धनकी साझा उम्मेदवार क्षेत्र नम्बर दुईकी पदमा अर्यालमाथि हातपात भएको छ । सुरक्षाबल सँगसँगै हुँदा पनि उनको सवारी साधनमाथि ढुंगामुढा प्रहार भएको बताइएको छ । बुथभित्र नै एकलौटी फर्जी मत खसाल्ने काम भएकाले त्यसो नगर्न आग्रह गर्दा गर्दै कांग्रेसका कार्यकर्ताहरुले अर्यालको मोबाइल खोस्ने, उनीमाथि ढुंगामुढा प्रहार गर्ने कार्य भएको अर्यालले कान्तिपुरलाई टेलिफोनमार्फत बताइन् । अर्यालका अनुसार उनलाई दुई घण्टासम्म कांग्रेसका कार्यकर्ताहरुले घेराबन्दी गरेका थिए । उनीमाथि हातपात गर्नेहरुलाई प्रहरीले भने नियन्त्रणमा नलिएकोप्रति अर्यालले दु:ख व्यक्त गरेकी छिन् । त्यस्तैगरी पत्रकार महासंघका जिल्ला सचिव हरिप्रसाद सुवेदीलाई पनि रिर्पोटिङ गर्ने क्रममा प्रहरीद्वारा हातपात गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org , Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports